You are viewing the translated version of गोपनीयताको अधिकार.

Section 6
गोपनीयताको अधिकार
(१) देहायका कसूरको अनुसन्धान, तहकिकात, अभियोजन रअदालती कारबाहीको सिलसिलामा पीडितलाई गोपनीयताको अधिकार हुनेछ :-

(क) जबरजस्ती करणी,

(ख) हाडनाता करणी,

(ग) मानव बेचविखन,

(घ) गन दुर्व्यवहार,

(ङ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरीतोकिदिएको अन्य फौजदारी कसूर ।

(२) उपदफा (१) को कसूरमा कसैले पनि पीडितको पहिचान कुनै पनि रूपबाटप्रकट गर्नहुँदैन ।

(३) पीडितले चाहेमा उपदफा (१) बमोजिमका कसूरको अनुसन्धान, तहकिकात रअदालती कारबाहीको सिलसिलामा पीडितसँग कुनै कागज गराउनु, बयान लिनु वाबकपत्र गराउनु परेमा देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) पीडितलाई निजको पहिचान नखुल्ने गरी प्रस्तुत गरेर,

(ख) पीडितको वास्तविक स्वर बदल्न दिएर,

(ग) अभियुक्तले देख सुन्न नपाउने किसिमले श्रव्यदृष्य संवाद प्रविधिप्रयोग गरेर,

(घ) अभियुक्तले देख्न वा सुन्न नपाउने गरी वा सुन्न मात्र पाउनेव्यवस्था मिलाएर ।